एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रसंघीय सुरक्षा परिषद् वैठकको अध्यक्षता गर्नुहुने भएको छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार भर्चुअल सम्मेलनको अध्यक्षता मोदीले गर्नेु हुने छ । अगस्ट महीनाका लागि परिषद्को अध्यक्षमा भारत चुनिएपछि मोदीले अध्यक्षतामा रुचि देखाउनु भएको हो।
नेपाली समयानुसार आज बेलुका हुने सम्मेलनमा सामुन्द्रीक सुरक्षाको विषयमा छलफल हुने जनाइएको छ । मोदी सुरक्षा परिषद्को अध्यक्षता गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुनु हुनेछ ।
भारतले आफ्नो अध्यक्षताको कार्यकालमा सामुन्द्रीक सुरक्षा, शान्ति सेनामा सहभागिता र प्रतिआतंकवाद जस्ता मुद्दामा छलफल चलाउने भएको छ ।