प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका शीर्ष नेताहरुले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका छन् ।
सिंहदरबारमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले न्यूनतम साझा कार्यक्रम संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
नीति तथा कार्यक्रम सत्तारुढ कार्यदलका संयोजक पूर्णबहादुर खड्काले वाचन गरेका हुन्।
मुख्य प्राथमिकता कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्ने रहेको खड्काले बताए ।