सनुपको स्वर रहेको गीत ‘मेरा आकाशका तारा’ सार्वजनिक

काठमाडौँ –  गायक सनुप पौडेलको स्वर रहेको गीत ‘मेरा आकाशका तारा’ सार्वजनिक भएको छ। बाबु र छोराको प्रेम र विछोडको कथा भनेको गीतमा सन्दिप बस्नेतको शब्द र राज सागरको संगीत छ ।

गीतकारले पिताको संझनामा यो गीत कोरेका हुन् । गीतको भिडियोमा निर विक्रम शाह र गौरव बिष्टको अभिनय देख्न सकिन्छ ।

अनुप योञ्जनको निर्देशन रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाँइको छायांकन, डिन्सन शाहको सम्पादन छ ।