इंग्ल्याण्डको खराब ब्याटिङ, १ सय ८३ मा समेटियो


काठमाडौं – भारत र इंग्ल्याण्डबीच जारी टेस्टको पहिलो खेलको पहिलो इनिङमा इंग्ल्याण्ड १ सय ८३ रनमा समेटिएको छ।

ट्रेन्ट ब्रिज नटिङ्घममा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्ड पहिलो दिनको अन्तिम सेसनमा ६५।४ ओभरमा १ सय ८३ रनमा अल आउट भयो। इंग्ल्याण्डका कप्तान जो रुटले १ सय ८ बलमा ११ चौकासहित सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले।

रुट इंग्ल्याण्डबाट अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। त्यस्तै जोनी ब्यारिस्टोले २९ रन बनाउँदा डोम सिब्लिले १८ तथा जक क्राउलीले २७ रन बनाए। साम करन २७ रनमा नटआउट रहे।

भारतका लागि तिब्र बलर जसप्रित बुमराहले ४ विकेट लिए। त्यस्तै मोहमद सामीले ३ विकेट लिंदा सार्दुल ठाकुरले २ तथा मोहमद सिराजले १ विकेट लिएका थिए। जवाफी इनिङ सुरु गरेको भारत पहिलो दिनको खेल सकिँदासम्म २१ रन बनाएर अविजित छ। उसका ओपनर रोहित शर्मा र केएल राहुल समान ९(९ रन बनाएर खेलिरहेका छन्।