अब राजनीतिमा बैकल्पिक मार्ग आवश्यक : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले हिँडिरहेको मार्गबाट मुलुक शान्ति, स्थायित्व र समृद्धितर्फ नजाने दावी गर्दै अब बैकल्पिक मार्ग आवश्यक भएको बताएका छन् ।

पार्टीको स्थानिय तह निर्वाचन परिचालन समितिको भर्चुअल बैठकमा बोल्दै अध्यक्ष थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाइदिएको भारी भएको जिकिर गरे।

नेपालको राष्ट्रिय राजनीतिमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा राप्रपालाई स्थापित गराउने भन्दै थापाले गणतन्त्र ,धर्म निरपेक्षता र संघीयताको विकल्पमा राजा सहितको प्रजातन्त्र , सनातन हिन्दु राष्ट्र र स्थानिय स्वायत्त शासनमा आधारित विकेन्द्रीकृत शासन प्रणाली मुलुकको निमित्त आवश्यक भएको दावी गरे ।

स्पष्ट बिचार र अलग पहिचान स्थापित गर्न लागिपरेका सिद्धान्तनिष्ठ नेतारकार्यकर्ता पार्टीको पुँजी भएको भन्दै थापाले इमानदारिता पुर्बक निर्वाचन केन्द्रित हुन कार्यकर्ताहरूलाई आग्रह गरे ।

भर्चुअल बैठकमा गण्डकी सहित प्रदेश ५, ६ र ७ प्रदेशका जिल्ला अध्यक्षहरूको सहभागिता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।