काठमाडौं—पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालको बुधबार मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको खनालको सचिवालयले जनाएको छ ।
डा. सन्दीप गुलेरियाको टिमले उनको मिर्गौला प्रत्यारोपण गरेको हो । केही दिन अस्पतालमा बस्ने र स्वास्थ्य स्थित सामान्य भएपछि नेपाल फर्किने उनको सचिवालयले जानकारी दिएको छ ।
‘केही समयअघि देखि डा. अखिल मिश्रको निगरानी तथा नेतृत्वमा एपोलो हस्पितल दिल्लीमा उपचाररत रहनुभएकोमा आज डा. सन्दीप गुलेरियाको टिमले उहाँको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ,’ खनालको निजी सचिवालयले भनेको छ ।