काठमाडौं – प्रहरीका ६१ जना अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । आइतबार प्रहरी प्रधान कार्यलयमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरुलाई सुशोभन गरेका हुन् । २०७८ साउन १४ गतेको मन्त्रिपरिषद बैठकबाट पदोन्नति भएका प्रहरी नायव महानिरीक्षक सौरभ राणा तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक छाँयादेवी गुरुङ लगायतका अधिकृतहरु सुशोभित भएका हुन् ।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिले थपेको नवीन उर्जालाई सदुपयोग गरी आमनागरिकप्रति थप जिम्मेबार भई व्यावसायिक भूमिका निर्वाह गर्दै काम गर्न निर्देशन दिएका छन् ।