नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९९ पुग्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ४ जना संक्रमितको मृत्यु भएसँगै मृत्युहरुको संख्या ९९ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा मोरङ र सिराहाका १÷१ पुरुष र बाराका दुई पुरुष रहेका छन् । त्यस्तै, हालसम्म ज्यान गुमाउने मध्ये ७७ जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयले जनाएको छ ।