एजेन्सी – जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा दक्षिण कोरियाले पहिलो स्वर्ण जितेको छ। शनिबार भएको आर्चरी प्रतियोगितामा अनसान र किम जे डोकले नेदरल्याण्डका प्रतिश्पर्धीलाई पछाडी पार्दै स्वर्ण जितेका हुन्।
प्रतियोगितामा ५(३ को अन्तरले दक्षिण कोरियाको जित भएको हो। नेदरल्याण्डले रजत पदक प्राप्त गरेको छ भने मेक्सिकोले कास्य पदक जितेको छ।