अलमलमा नपरी प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमाले सांसदलाई झलनाथ खनालको आग्रह

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका नेता झलनाथ खनाललेविश्वासको मत दिन आग्रह गर्नुभएको छ।

खनालले एक विज्ञप्ति जारी गर्दै एमाले सांसदलाई कुनै अलमल र आक्रोशको प्रभावमा नपरी देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गर्नुभएको हो ।
खनाल भारतको नयाँदिल्लीमा उपचार गराइरहनुभएको छ ।

उहाँले विश्वासको मत दिँदा आफ्नो मत पनि देउवाकै पक्षमा हुने बताउनुभएको छ।