हतारहतार विश्वासको मत लिनु एमाले फुटाउने षड्यन्त्र हो : एमाले सचिव भीम आचार्य


काठमाडौं – नेकपा एमालेका सचिव भीम आचार्यले हतारहतार विश्वासको मत लिनु भनेको एमाले फुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिँदैहुनुहून्छ।

‘आचार्यले पत्रकारहरूसँग भन्नुभयो ‘विश्वासको मत लिन हतार गर्न के जरूरी छ एक महिनामा विश्वासको मत लिए हुन्छ चार दिनमा के हताररु,’  ‘त्यो एमालेलाई विभाजित गर्ने कुश्चित षड्यन्त्र अन्तर्गत सबचिज भएको छ, यो एमाले फुटाउने षड्यन्त्र हो।’

१० बुँदे सहमतिलाई आधार बनाएर दुबै नेताहरू कुराकानी हुनुपर्ने उहाँले बताउनुभएको छ

आचार्य वरिष्ठ नेता माधवकुमार नेपाल निकट हुनुहुन्छ ।उहाँले विश्वासको मतका पक्ष वा विपक्षमा मत दिनेबारे पार्टीमा वा आफ्नो समूहमा छलफल नभएको दाबी गर्नुभएको छ ।