ओलम्पिकका लागि नेपालका दुई खेलाडी सोनिया र कल्पना आज जापान जाँदै

काठमाडौं – टोकियो ओलम्पिकमा सहभागि हुन नेपालका दुई जना खेलाडी आज जापान प्रस्थान गर्दैछन् । जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियार आज जापान जान लागेका हुन् ।

उनीहरु दुबै जनाले वाईल्ड कार्ड मार्फत टोकियो अ‍ोलम्पिकमा प्रवेश पाएका हुन् । जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठ र सुटिङका प्रशिक्षक असिम यादव पनि आज टोकियो प्रस्थान गर्दैछन् ।

आज टोकियो जाने टोलीको नेतृत्व राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले गर्दै हुनुहुन्छ । सिलवाल टोकियो ओलम्पिकको लागि नेपाली प्रतिनिधिमण्डलको ‘सेफ द मिसन’ हुनुहुन्छ ।

आज कुल १० जनाको टोली टोकियो उड्नेछ । यसैगरी आगामि सोमवार नेपाल ओलम्पिक कमिटि ९एनओसी०का अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय टोली जापान जाने छ ।

यस्तै साउन १० गते राखेप उपाध्यक्ष शिव कोईरालाको नेतृत्वमा एथलेटिक्स खेलाडी सरस्वती चौधरीसहित चार जना जापान जाँदैछन् । यसअघि पौडीका दुई खेलाडी र एक प्रशिक्षक जापान पुगिसकेका छन् । टोकियो ओलम्पिकमा नेपालका ५ खेलाडीसहित कुल २६ जना सहभागि हुँदैछन् । ओलम्पिकका खेलहरु यही साउन ८ गतेदेखि हुनेछन् ।