प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान ९ : ५७ बजे सरकारी निवास बालुवाटार सर्नुहुनेभएको छ ।

गत मंगलबार नियुक्त हुनुभएको प्रधानमन्त्री भएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आउनुभएको थियो। देउवाको सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार बिहान देउवा सरकारी निवास सर्न लाग्नुभएको हो ।