हत्या गरेर फरार अभियुक्त १४ वर्षपछि पक्राउ

बुटवल – अर्घाखाँचीमा हत्या गरेर फरार रहेका एक जना १४ वर्षपछि पक्राउ परेका छन्। जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५, मैदानका २१ वर्षीय नारायण बहादुर सुर्यवंशीको हत्या गरेर फरार सोही गाउँपालिका घर भइ हाल कपिलवस्तु बस्दै आएका हुमबहादुर रास्कोटीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले पक्राउ गरेको हो।

२०६४ सालमा मृतक सुर्यवंशीको घरमै तीनजना मिलेर हत्या गरेका थिए। हत्यामा संलग्न अन्य दुईजना अझै फरार रहेको जिल्लाले जनाएको छ । अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अमर थापा क्षेत्रीका अनुसार मृतक सुर्यवंशीलाई पूर्व रिसीबीका कारण २०६४ कार्तिक २६ गते घरमा खाना खान लागेको अवस्थामा तीन जनाले कुटपिट गरी हत्या गरेका थिए ।

उनीहरुले घरको थाममा नाम्लोले बाँधी लाठी र घरेलु हतियारले हानेर हत्या गरी फरार भएको पाइएको क्षेत्रीको भनाइ छ । अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भई रहेको र अन्य फरारहरुको खोजतलास भइ रहेको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *