नेपालगन्ज सिल -सुक्षाका लागि सेना परिचालन

बाँके- नेपालगन्जको सुर्खेत रोड पुष्पलालचोकदेखि गणेशमान चोक खण्डको पूर्वी क्षेत्रमा पर्ने बाँके गाउँ हुँदै नहरपूर्वादखि बसपार्क क्षेत्रमा सील गरिएको छ ।
नेपालगन्जका केही कोरोना जोखिमयुक्त स्थान सिल गरिएका छन् । यस अवधिभर बाहिर निस्कन नदिन सेनासमेत परिचालन गरिएको छ । शनिबार राति १२ बजेदेखि सिल गरिएका क्षेत्रमा सेना परिचालन गरिएको हो । निषेधाज्ञासँगै सिल गरिएकाले स्थानीयको अटेरी व्यवस्थापन गर्न सेना परिचालन गर्नु परेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

भीडभाड हुन नदिन र शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकाय बलियो बनाएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताए । त्यस्तै, घरमै बसेर कोरोनाविरुद्ध लड्न सकिने भन्दै कुनै पनि समस्या परे प्रशासनलाई फोन गर्नसमेत उनले अनुरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत् सम्पर्क नम्बर खुलाएर उनले यस्तो जानकारी दिएका हुन् ।