काठमाडौं – विवेकशील साझा पार्टीले सर्वोच्च अदालतले विघटित संसद पुनःस्थापित गर्ने निर्णयको स्वागत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउनुपर्ने प्रस्ताव गरेको छ ।
‘पछिल्लो समयमा निरन्तर प्रधानमन्त्री ओलीको कठपुतली बनेर राष्ट्रपति भण्डारीले संविधानमाथिको मनपरीलाई जसरी साथ दिँदै आएकी छिन्, त्यसलाई मध्यनजर गर्दा पुन स्थापित संसद्ले उनीमाथि महाअभियोग लगाउनुपर्छ भन्ने विवेकशील साझा पार्टीको ठहर छ।’सर्वोच्चको फैसलाले प्रधानमन्त्री केपी ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समयमा संविधानमाथि लगातार रूपमा गर्दै आएको मनपरी प्रहारलाई स्पष्टसँग संवैधानिक अनुशासनमा बाँधिदिएको छ।’ जारी विज्ञप्तिमा भनिएको छः
अदालतको फैसलाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवैधानिक अनुशासनमा बाँधिदिएको समेत विज्ञप्तिमा बताएको छ ।