काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको सोमबारको फैसला इतिहासमै परिघटनाका रुपमा रहने बताउनुभएकोे छ ।
सर्वोच्च अदालतको फैसालपछि उहाँले नेपाली जनताको हितमा रहेका कारण इतिहासले सम्मान गर्ने बताउनुभएको हो ।
दाहालले भन्नुभयो पटकपटकको संसद विघट्न, पटकपटक संविधान, लोकतन्त्रमाथी भएको प्रहारबाट आम नेपाली जनता आजित भएको स्थिति थियो । त्यसकारण यो जनताको जितको रुपमा अगाडि आएको देख्छु,’ ‘यो इतिहासमै महत्वपूर्ण परिघटनाको रुपमा रहने छ र इतिहासले यसलाई सम्मान गर्ने छ
अदालतको आजको फैसालले यो सबैलाई रक्षा गरेको छ । त्यसकारण मेरो दल र विपक्षी गठबन्धनको तर्फबाट पनि सर्वोच्चको फैसलालाई स्वागत गर्दछु,