संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भयो : रामचन्द्र पौडेल

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान रक्षा गर्ने आफूहरूको अभियान सफल भएको बताउनुभएको छ ।

सर्वोच्च अदालतले आज प्रतिनिधि सभा पुनर्स्थापना गर्दै सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश दिएपछि पौडेलले संविधान रक्षा भएको उल्लेख गर्नुभएको हो।

‘पौडेलले भन्नुभयो संविधान रक्षा गर्ने हाम्रो अभियान सफल भयो। संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ,’
साथै पौडेलले सभापति देउवालाई बधाई पनि दिनुभएको छ ।