काठमाण्डौ – नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता जोगाउनका लागि संयम र धैर्यताका साथ अघि बढ्न आह्वान गर्नुभएको छ ।
उहाँले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशको सम्मान र स्वागत पनि गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधि सभाको पुनर्स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु । बदलिएको परिस्थितिमा प्रतिनिधि सभाको बाँकी कार्यकालको सुनिश्चिततासहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरूमा संयम र धैर्यताका साथ अघि बढ्न आह्वान गर्दछु ।’