सुर्खेत – कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशनको १६ औँ बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गरेको छ।
आइतबारको बैठकमा एमालेले आफूले उठाएको राजनीतिक मुद्दाबारे सरकारले चासो नदिएको भन्दै बैठक अवरुद्ध गरेको हो ।
प्रदेशसभा सांसद पदमबहादुर रोकायले पार्टीभित्रको विवाद समाधान नहुञ्जेलसम्म सदन चल्न नदिने बताउनुभएको छ ।
रोकायाले संसद्मा मुख्यमन्त्री महेन्द्रबहादुर शाही शुक्रवार हेलिकप्टर चढेर हुम्ला गएको प्रति आपत्ति जनाउँदै उहाँले भन्न्भयो । सङ्घीय सरकारले नदिएको अधिकार प्रयोग गरेर चीनको नाकासम्म हेलिकप्टरको प्रयोग गरेर मस्ती गरिरहेका छन्। एकातर्फ हामीले एक महिनासम्म संसद् अवरुद्ध गरिरहेका छौँ । सरकारको कुनै ध्यान छैन।’
साथै उहाँले कुनै जिल्लामा अर्बौँ बजेट र कुनै जिल्लामा एउटै नहुने अवस्था रहेको बताउदै आफ्नो पार्टी नीति,पद्धति अनुसार चल्ने भएकाले प्रदेशमा त्यही अनुसार चलेको दाबी गर्नुभयो ।
सभामुख राजबहादुर शाहीले पटक–पटक आसनग्रहण गर्न अनुरोध गर्दा पनि एमालेले नटेरेपछि असार २९ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गर्नूभएको हो।