पेरुलाई हराउँदै कोलम्बियाकाे रोमाञ्चक जित

एजेन्सी –  कोपा अमेरिका फुटबलमा कोलम्बिया तेस्रो बनेको छ ।

शनिबार बिहान पेरुलाई ३–२ गोल अन्तरले हराउँदै कोलम्बिया तेस्रो बनेको हो ।

दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै कोलम्बियाले पेरुमाथि रोमाञ्चक जित निकालेको हो ।

पहिलो हाफको ईन्जुरी समयमा योशिमार योटुनको गोलमा पेरुले अग्रता बनाएको थियो । दोस्रो हाफ सुरु हुने बित्तिकै चौथो मिनेटमा जुआन कुआड्राडोले खेल बराबरीमा ल्याएका थिए ।

लुईस डियाजले ६६ औं मिनेटमा कोलम्बियालाई २–१ को अग्रता दिलाएका थिए । खेल सकिन ८ मिनेट अघि जियानलुका लापादुलाले खेल बराबरीमा ल्याएका थिए । इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई जित दिलाए ।

कोपा अमेरिकाको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना आईतबार बिहान भिड्दैछन् ।

#खेलपाटी