बिश्वकर्माद्वारा काठमाण्डाैंमा १२ सय ८० जना भन्दा बढीलाई राहत वितरण

अछाम, काठमाण्डाँैमा कोरोना भाईसरका कारण आर्थिक अभावमा परेका १२ सय ८० जना बढी विद्यार्थी, मजदुर तथा विपन्न वर्गलाई राहत संकलन गरि नेबिसंघका नेता टेक बहादुर बिश्वकर्माले सहयोग गर्नु भएको छ । काठमाण्डाँैका बिभिन्न क्षेत्रमा गएर चामल, दाल, नुन, तेल र मस्यौरा लगाएतका सामाग्री उपलब्ध गरानुभएको हो ।

बिगत लामो समय देखि सरकारद्वारा गरिएको लकडाउनका कारण बिद्यार्थी, मजदुर र बिपन्न बर्गका व्यक्ति सबै भन्दा बढी मारमा परेका छन् । सदैव सामजिक तथा रचनात्मक कार्यमा सक्रिय नेता बिश्वकर्माले यसरी नै बिभिन्न समयमा सहयोग गर्दै आउनु भएको छ । आम नागरिकको स्वास्थ्य सुरक्षाका क्षेत्रमा निरन्तर अभियान चलाईरहनुभएका बिश्बकर्माले राहत संङकलनमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गर्नु भएको छ ।