अछामका एक नागरिकको भारतमा हत्या

अछाम – अछामका एक नागरिकको भारतमा हत्या गरिएको छ । जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ९ मष्टाबण्डाली घेगडका ५० बर्षिय जुक्ते रावतको भारत हरियाणा राज्यको यमुनानगरमा हत्या गरिएको हो ।

मंगलबार राती ड्युटीमा रहेको बेला एक जना भारतीयले आक्रमण गरी गम्भीर घाइते भएका निजको उपचारका लागि पि जि आई हस्पिटल चण्डीगढ लैजाने क्रममा हरियाणाको पंचकुला भन्ने ठाउँमा बुधबार बिहान पाँच बजेतिर निधन भएको उहाँका नाति धिरज रावतले जानकारी दिनुभयो ।

गम्भीर कुटपिट गरि नालिमा फ्याक्ने क्रममा प्रहरीले देखेर हत्यारालाई समेत पक्राउ गरि प्रहरी चौकीमा राखिएको उहाँले बताउनुभयो ।

३ दशक बढी समयदेखि भारतमा काम गर्ने गरीरहेका मृतक पछिल्लो समय विगत ४ बर्षदेखि भारतमा रहेका थिए ।

मृतकका २ छोरा र १ छोरी रहेका आफन्तले जनाएका छन् । हत्यारालालाई कडा कारवाहीको माग गरिएको हाल भारतमै रहेका मृतकका भाइ शेर बहादुर रावतले जानकारी दिनुभयो ।