हिमाञ्चल प्रदेशका पूर्व मुख्यमन्त्री सिंहको निधन

काठमाडौं- भारतको हिमाञ्चल प्रदेशका पूर्व मुख्यमन्त्री वीरभद्र सिंहको निधन भएको छ।

पूर्व मुख्यमन्त्री एवं भारतीय कंग्रेसका नेता सिंहको आज विहान सिमलाको इन्दिरा गान्धी मेडिकल कलेज एन्ड हस्पिटलमा ८७ वर्षको उमेरमानिधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दुई पटक कोरोना संक्रमणबाट मुक्त भएका सिंह दुई महिना अघि अस्पतालमा भर्ना भएका थिए। उनी छ पटक हिमाञ्चल प्रदेशको मुख्यमन्त्री बनेका थिए। वीरभद्र नौ पटक भारतीय विधायक रहेका थिए।

वीरभद्र मनमोहन सिंह नेतृत्वको केन्द्रीय सरकारमा २८ मे २००९ मा केन्द्रीय मन्त्री बनेका थिए। सिंह सन १९८३ र १९९० मा लगातार दुई पटक मुख्यमन्त्री बने। त्यस्तै १९९३ देखि १९९८, २००३ देखि २००७ र २०१२ देखि २०१७ सम्म हिमाञ्चल प्रदेशको मुख्यमन्त्री रहेका थिए।