सल्यानमा निशुल्क कोरोना बीमा

सल्यान – सल्यानमा निशुल्क कोरोना बीमा शुरु गरिएको छ । नेपाल सरकार र नेको इन्स्योरेन्स कम्पनी वीच भएको सम्भौता अनुसार राष्ट्र सेवक कर्ममारी र सुरक्षाकर्मीहरुको निशुल्क कोरोना विमा शुरु गरिएको हो ।
नेको इन्स्योरेन्स कम्पनीको सल्यान शाखाले जिल्ला ट्राफिक कार्यालय सल्यानमा कार्यरत रहेका ९ जना ट्राफिक प्रहरीकोको निशुल्क कोराना विमा गरिएको जनाएको छ ।

कोरोना संक्रमणका हिसावले अग्रपक्तीमा रहेका सुरक्षा कर्मीको निशुल्क कोराना वीमाले उनिहरुको मनोवल उच्च हुने नेको इन्स्योरेन्स कम्पनी सल्यानका शाखा प्रमुख नारायण दाहालले बताए।
जिल्लामा रहेका सम्पुर्ण राष्ट्र सेवक कर्मचारी तथा सुरक्षाकर्मीहरुको कोरना बीमा निशुल्क गरिन लागेको उनकाे भनाई छ ।“सरकारले नेको इन्स्योरेन्स संग गरेको सम्झौता अनुसार हामी जिल्लाका सवै सरकारी कर्मचारी तथा सुरक्षा निकायहरुमा कार्यरतहरुको कोरोना बीमा निशुल्क गर्न लागेका हौ  । यसले उहाँहरुको मनोबल बढ्ने आशा छ,” शाखा प्रमुख दाहालले भने, ।
सल्यान जिल्लामा हाल कम्पनीले ५ हजार २ सय भन्दाबढि ब्यक्ती हरुको कोराना विमा गरेको जानकारी दिएको छ । “हामीले जिल्लाभरीमा हाल ५ हजार १ सय भन्दा बढिको कोराेना विमा गरेका छौ यसबाट २ जनालाई हामीले कोरना वीमा दावी भुक्तानी समेत गरिसकेका छौै.” शाखा प्रमुख दाहालले भने, ।
शुरु शूरुमा कोरोना बीमा प्रति मानिसहरुको आकर्षण नभएपनि पछिल्लो समयमा भने बीमा  गर्नेहरुको संख्या वृद्धि भएको उनकाे भनाई छ । “कोरोना संक्रमण भएका व्यक्तिहरु अस्पतालमा धेरै दिन सम्म वस्नु पर्ने भएको तथा घरमा आर्थिक अवस्था समेत कम्जोर भएको अवस्थामा समेत कोरोना वीमाले उल्लेखनीय योगदान दिनसक्छ, अहिले आम मानिसहरुले यसको महत्व बुझेपछि कोरोना बीमा गराउनेहरुको संख्या बढ्न थालेको उनले जनाएका छन् ।
अहिले सल्यान जिल्लाका स्थानीयतहहरुले समेत कोरोना बीमा बनाइसकेको र अव सुरक्षा निकायहरुमा पनि कोरोना बीमा बनाउने तयारी गरिएको उनले बताए। सल्यान जिल्लामा अग्रपंक्तीमा रहेर कार्य गरिरहेका ट्राफिक प्रहरीहरुको निशुल्क बीमा गरिएकोमा ट्राफिक प्रहरीले खुशी व्यक्त गरेका छन् ।
जिल्लामा हाल सम्म २ सय ४८ जना कोरोना संक्रमितहरु रहेको र कोरोना बीमा गरेका २ जनाले कोरोना बीमा दावी भुक्तानी लिइसकेको शाखाले जनाएको छ । कोरोना संक्रमणको शुरुमा कोरोना बीमा प्रति आकर्षण नदेखिएपछि पछिल्लो पटक भने कोरोना बीमामा मानिसहरुको आर्कषण बढन थालेको छ ।