निषेधाज्ञा उल्लंघन गर्ने १३१ जना प्रहरीको फन्दामा


नेपालगन्ज – बाँकेमा दोश्रो चरणको निषेधाज्ञा जारी गरेको आज चार दिन पुगेको छ । निषेधाज्ञाका कारण नेपालगन्ज, खजुरा, कोहलपुर, ढकेरी, कुशुम लगायतका बजार सुनसान छन् ।

बाँकेमा पछिल्लो समय कोरोना भाइरसले झन झन तिव्र रुप लिएपछि निषेधाज्ञालाई झनै कडाई गरिन लागेको हो । दोश्रो चरणको निषेधाज्ञा २४ गतेसम्म रहेको छ । समुदाय स्तरमै कोरोना देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले विना कामले बाहिर निस्कने व्यक्ति र पसल खोल्नेलाई पक्राउ गर्दै क्वारेन्टाईनमा राख्ने गरेको छ ।

शुक्रवार विहान मात्र १३१ जना विना कारण बाहिर हिड्ने नागरिकहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरि कारवाही गरेको छ । यस्तै  पक्राउ परेकालाई दिनभरी राखेर साँझा छोड्ने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले बताए ।

नेपालगन्ज बजारमा निषेधाज्ञाको पालना नगरीई रिक्सा संचालन गर्ने रिक्सा चालक, मास्क प्रयोग नगरी हिड्ने व्यक्ती, भेला भइ सडकमा बसेकाहरु लगायतलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
दैनिक कोरोना संक्रमण थपिदै गएपछि नेपालगन्ज र कोहलपुरमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ । बाँकेमा हालसम्म क्वारेन्टाइनमा २ सय १३ जना, आइसोलेशनमा १ सय २ जना, कोरोना पोजेटिभ ४ सय ९८ जना, निको भएका ३ सय ९४ जना, मृत्यु भएका २ जना , पिसिआर जाँच १३ हजार २ सय १६ जना र विहीवारमात्र २८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले बताए ।