पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना पुष्टि

काठमाडौं— काठमाडौं उपत्यकामा १ सय ६ जना सहित ४ सय ६४ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार मात्रै काठमाडौँमा ९२ जनामा संक्रमण देखिएको छ । त्यस्तै, भक्तपुरमा ४ जना र ललितपुरमा १० जनामा कोरोना पुष्टि भएको छ । उपत्यकामा अहिलेसम्मकै बढी संक्रमित थपिएको यो पहिलोपटक हो । पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या ४ सय २५ पुगेको छ ।