संवैधानिक इजलास शुरु

काठमाडौं – प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा आज पनि सुनुवाई जारी छ । मंगलबार सरकार पक्षबाट नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयले बहस शुरु गरेका छन् । उनलाई २ घण्टा समय छुट्याइएको छ ।

सरकारको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले सोमबार ३ घण्टा २० मिनेट बहस गरेका थिए। कांग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट बहस सकिएको थियो ।

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई छन् ।