रोनाल्डोकी प्रेमिकाको ढाडमा माइक अड्काइएपछि…

काठमाडौं – जर्जिना रोड्रिग्वेज युरो २०२० अन्तर्गत बेल्जियमविरुद्धको खेलमा रोनाल्डोको समर्थन गर्न गएकी थिइन् । यी हाई प्रोफाइल मोडल सेभियामा रोनाल्डोका छोरा क्रिष्ट्रियानो जुनियरसँगै दर्शक दिर्घामा थिइन्, यो खेल पोर्चुगलले १–० ले गुमायो ।

अहिले यही खेलको एउटा तस्विर भाइरल भइरहेको छ । जहाँ रोनाल्डोकी प्रेमिका २७ वर्षीया प्रेमिका रोड्रिग्वेजको ढाडमा माइक अड्किएको देखिन्छ ।
मिडियाको ध्यान आकृष्ट गर्नका लागि विगतमा पनि यी मोडल सफल थिइन् । उनी कहिले गीत गाएको त नाचेको भिडियो इन्स्टाग्राममा शेयर गर्छिन् । दर्शक दिर्घामा उपस्थिती भएका अन्य दर्शकहरुले पनि उनको ढाडमा माइक देखेपछि तस्विर खिचिहाले र सामाजिक सञ्जालमा यो तस्विर भाइरल भयो

खासमा, नेटफ्लिक्सले यी मोडलबारे वृत्तचित्र तयार गर्दैछ । यो वृत्तचित्र उनको जीवनीमा केन्द्रीत हुनेछ । त्यहीकारण उनका दैनिक घटनाक्रमलाई क्यामेरामा कैद गर्नका लागि उनको शरीरमा माइक राखिएको हुनसक्छ ।

जर्जिना नामक यस वृत्तचित्रमा रोनाल्डोजस्ता सुपरस्टारसँग डेट गर्दाको जीवनबारे देखाइने अपेक्षा गरिएको छ । रोनाल्डो र जर्जिनाकी एक तीन वर्षीया छोरी एलाना मार्टिना छिन् । रोनाल्डो क्रिष्ट्रियानो जुनियर, जुम्ल्याहा छोराछोरी माटियो र इभाका पनि बाबु हुन् । यी सन्तानका आमाको परिचय अहिलेसम्म गोप्य छ ।