काठमाडाै – कोभिड–१९ को संक्रमणका कारण पछिल्लो २४ घन्टामा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफ मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ५ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । उनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मोरङ दर्बेसाका ४५ वर्षीय पुरुष उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो । त्यस्तै विराटनगर महानगरपालिकाका ४५ वर्षीय पुरुषको पनि सोही अस्पतालमा निधन भएको हो । उनी मिर्गौला तथा मधुमेहका दिर्घरोगी रहेका थिए । सर्लाही मलंगवाका ६५ वर्षीया महिलाको सशस्त्र प्रहरी बल अस्पताल बलम्बु काठमाडौंमा निधन भएको हो । धनुषा मिथिला नगरपालिकाका ७२ वर्षीया महिलाको काठमाडौंस्थित ओम अस्पताल रिसर्च सेन्टरमा उपचारका क्रममा निधन भएको । यस्तै, सप्तरी जिल्ला रुक्मी नगरपालिकाका ४२ वर्षीय पुरुषको गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भइ थप उपचारका का लागि विपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा निधन भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । हेल्थअावाज ।
ताजा खबर