कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपाली काँग्रेस सुर्खेतका नेता वेदु गिरीको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका गिरीको आज निधन भएको नेपाल तरुण दल सुर्खेतका सभापति हरी विष्टले जानकारी दिए ।
४८ वर्षीय गिरी भेरीगंगा नगरपालिकाका पार्टी सभापति समेत हुन् । केही समय पहिला एपेण्डीसाइटको अप्रेशन गरेका गिरीको सोही घाउबाट क्यान्सर भएको थियो । क्यान्सरको उपचार गर्न अस्पताल भर्ना भएका गिरीलाई कोरोना संक्रमणबाट निधन भएको सभापति विष्टले जानकारी दिए ।
गिरी पञ्चायतकालदेखि नै क्याम्पस पढ्दा विद्यार्थी राजनीतिबाट पार्टी राजनीति शुरु गरेको भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले जानकारी दिइन् । उनकाअनुसार पूर्वी सुर्खेत र प्रदेश सभा (ख) ले एक कुशल राजनीतिज्ञ गुमाएको छ । तरुण दल सुर्खेतको १३ वर्ष सभापति भएका गिरी नेपाली काँग्रेसको आसन्न महाधिवेशन प्रतिनिधि समेत हुन् ।
गत असार ६ गते नेपाली काँग्रेसका पूर्व सभापति तप्त विष्टको पनि कोरोना संक्रमण भएपछि उपचारकै क्रममा काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
#ratopati