पानीको विषयमा रौतहटमा दुई परिवारबीच हानाहान, दर्जनबढी घाइते

रौतहट – पानीको विषयलाई लिएर दुई परिवारबीच हानाहान हुँदा दर्जनबढी घाइते भएका छन्।

रौतहट मौलापुर नगरपालिका – १ मर्यादपुरमा शनिबार बिहान झडप भएको हो।

स्थानीय भुवन साह सोनार र सोही ठाउँका हृदयनारायण यादवको परिवारबीच हानाहान भएको थियो।

इलाका प्रहरी कार्यालय मौलापुरका अनुसार घटनामा एक दर्जनबढी घाइते छन्।

प्रहरी निरीक्षक राकेश यादवका अनुसार सोनारको परिवारमाथि यादव परिवार खनिएका थिए। खाना खाइरहेको अवस्थामा सोनार परिवारमाथि आक्रामण भएको थियो।

सोनारले वर्षाको पानी आफ्नो घरबाट यादवको खेततर्फ पठाएको निहुँमा दुई परिवारबीच विवाद भएको उनले बताए।

‘सोनारको परिवारका मानिस बढी घाइते छन्,’ उनले भने।

घाइते कसैको स्थानीय अस्पताल तथा कसैलाई वीरगञ्ज पठाइएको छ। यादव पक्षका दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक यादवले बताए।

#setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *