प्रदेश ५ मा कोरोना संक्रमित ४४ सय नजिक, कपिलवस्तु र बाँके उच्च जोखिममा

बुटवल– प्रदेश ५ का विभिन्न ४ वटा जिल्लाहरुमा २३ जना नया संक्रमित पुष्टि भएसंगै कोरोना संक्रमितको संख्या ४ हजार ३८२ पुगेको छ। साथै कोरोनाबाट मृत्यु हुनेहरुको सख्या १३ पुगेको छ।
प्रदेश ५का तराइका जिल्लाहरुमा कोरोना संक्रमण दर बढी देखिएको छ. पछिल्लो २४ घन्टामा कपिलवस्तु जिल्लामा मात्र १३ जना नया संक्रमितहरु फेला परेका छन्। अहिलेसम्म कपिलवस्तु जिल्लामा सबैभन्दा धेरै कोरोना संक्रमितहरु फेला परेका छन् । नयाँ सहित अहिलेसम्म यस जिल्लामा ८१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तु पछी बाँके जिल्लामा सबैभन्दा धेरै ( ६७०) संक्रमित फेला परेका छन्। पहाडी जिल्लाहरुमा भने ५५९ जना संक्रमित रहेको पाल्पा जिल्ला सबभन्दा अघि छ। पहाडी जिल्लाहरु रोल्पा र रुकुमपुर्वमा कोरोना संक्रमितको संख्या कम देखिएको छ ।

सामाजिक विकास मन्त्रालयको पछिल्लो जानकारी अनुसार यी जिल्लाहरुमा कोरोना संक्रमितको संख्या क्रमशः ७५४ र २२ जना रहेको छ।
प्रदेशमा कोरोना संक्रमित पहिचानको लागि अहिलेसम्म ५९ हजार १४१ जनाको स्वाव संकलन गरिएकोमा ५७ हजार ९२३ जनाको नतिजा प्राप्त भएको छ भने विभिन्न प्रयोगशालाबाट एक हजार २१८ नमूनाको नतिजा आउँन बाँकी रहेको छ ।
प्रदेश ५ मा कोरोना संक्रमण पुष्टि भएकाहरु मध्ये चार हजार ६८ जना निको भएर घर फर्किएका छन् ।

संक्रमितहरु मध्ये अहिले कोरोना विशेष अस्पतालमा ३३ जना र आइसीयु मा ३ जना उपचाररत छन् भने एक हजार ५१८ जना क्वारेन्टाइनमा रहेका छन्।
लक्डाउन खुकुलो भएपछी प्रदेशका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि बाँके र कपिलवस्तु जिल्लामा निषेधाज्ञा लागु गरिएको छ भने रुपन्देही जिल्लाको देवदह नगरपालिकामा पूर्ण लक्डाउन लागु गरिएको छ।