सुर्खेत – सुर्खेत मा असार १७ गतेसम्म निषेधाज्ञा लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा असार १७ गतेसम्म निषेधाज्ञा थप गरको हो ।
सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले निषेधाज्ञा केही खुकुलो पारी एकहप्ताका लागि थप्ने बताउनुभएको हो ।
वैशाख १४ गते देखि लागू गरेको निषेधाज्ञालाई निरन्तरता दिइएको छ । थप गरिएको निषेधाज्ञामा खाद्य सामग्री, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक्स र भाँडाबर्तनका पसलसंँगै पुस्तक, स्टेसनरी, कपडा तथा फेन्सी पसल र टेलरिङ सेन्टरहरू बिहान ६ बजेदेखि २ बजेसम्म खोल्न पाइने सहायक प्रमुख जिल्ला अधिकारी महतले बताउनुभयो ।