सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई उप महानगरपालिका बनाइने भएको छ ।
नगरपालिकाले विहिबार आर्थिक वर्ष २०७८र०७९ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउने घोषणा गरेको हो ।
उपप्रमुख मोहनमाया ढकालले नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दैवीरेन्द्रनगरलाई उपमहानगरपालिका घोषणाका लागि प्रदेश तथा संघीय सरकारसँग अनुरोध गर्नुभएकको हो । कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकालाई नगरपालिकाको नीति तथा कार्यक्रम अनुसार छिट्टै उपमहानगरपालिका घोषणा गर्ने तयारी छ ।
यो पनि पढनुहोस
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ल्यायो १ अर्ब ५६ करोड ५२ लाखको बजेट