यामाहाले सन् २०२१ सम्म दुई–पाङ्ग्रेमा पाँच मोडल सार्वजनिक गर्ने

यामाहा इन्डियाले दुई–पाङ्ग्रेमा थप पाँच नयाँ मोडल सार्वजनिक गर्ने भएको छ। कम्पनीले सन् २०२१को अन्तिमसम्ममा तीन वटा बाइक र हाइब्रिड टेक दुई वटा १२५ सिसीको स्कुटर सार्वजनिक गर्ने बताएको अटो एक्सले जनाएको छ।

कम्पनीले हालै मात्र नयाँ एफजेड–एक्स र हाइब्रिड भर्सनको फ्यासिनो १२५ सार्वजनिक गरेको थियो। यी बाहेक थप पाँच वटा नयाँ स्कुटर सार्वजनिक गर्ने बताइएको हो। तर यी पाँच मध्ये पहिलो दुई पाङ्ग्रे २०२१ फ्यासिनो १२५ हाइब्रिड स्कुटर नै हुन सक्ने अनुमान पनि लगाइएको छ।

दोस्रो मोडल रे जेडआर १२५ स्कुटरको अपडेटेड भर्सन हुन सक्छ। जुन अपडेट भर्सनमा पावरट्रेन सहित हुनसक्छ। रे जेडआर ुस्ट्रिट र्यालीु भेरियन्टमा पनि उपलब्ध हुनेछ। त्यस सूचीको तेस्रो दुई पाङ्ग्रे हुन सक्ने अनुमान लगाइएको छ।

कम्पनीले वाइजेडएफ–आर३ लाई अझै पनि बिएस ६ मापदण्ड पूरा गर्न अपडेट गरेको छैन। तर यसले अन्तर्राष्ट्रिय बजारको लागि मेकानिकल विषयमा भने अपडेट गरिरहेको छ। यस पटक यामाहाले आफ्नो वाइजेडएफ–आर३ लाई पनि अपडेट गर्दै सार्वजनिक गर्ने अनुमान लगाइएको छ।

सूचीको अन्तिममा बिएस६ कम्प्लायन्ट यामाहा एमटी–०९ हुन सक्छ। त्यस्तै कम्पनीले वाइजेडएफ–आर१५ भी३, एमटी–१५ र एफजेड–२५ मोडलमा पनि विभिन्न पृथक अपडेटसँगै नयाँ संस्करण सार्वजनिक गर्ने अनुमान छ।