दाङमा खोलाले बगाएर एक जनाको मृत्यु

दाङ – दाङको देउखुरीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । खेतमा काम गरेर घर फर्किने क्रममा लमही नगरपालिका ३ फल्कापुरका ३० वर्षीय मणिराम चौधरीको स्थानीय खहरे खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो ।

दाङ जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले चौधरीलाई खेतमा काम गरी घर तर्पm फर्किने क्रममा बुधबार दिउँसो ४ बजेतिर खोलाले बगाएको जानकारी दिए ।

चौधरीलाई स्थानीयले उद्धार गरी लमही अस्पताल पुर्‍याएलगतै स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए । शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।