एनटिसीमा फोन नलाग्ने समस्या

काठमाडौं – नेपाल टेलिकम एनटिसीका मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको छ ।

बुधबार बिहानैदेखि पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्याले सेवाग्राही समस्यामा परेका छन् ।

मोबाइल नम्बर डायल गर्नासाथ कल सकिएको संकेत देखिने गरेको छ । यसो हुनुको कारण भने खुलेको छैन ।

सिस्टममा समस्या आएकाले जीएसएम नम्बरमा फोन नलाग्ने समस्या आएको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताउनुभयो । उहाँले भन्नुभयो हाम्रा धेरै सिस्टम छन्, कहाँनिर समस्या आयो भन्ने पत्ता लागिसकेको छैन । प्राविधिक साथीहरुले समस्या समाधानका लागि काम गरिरहनु भएको छ,’ ।

बिहान साढे ६ र७ बजेदेखि फोन नलाग्ने समस्या आएको उहाँले बताउनुभएको छ ।