सल्यान – व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न र दुध पकेट क्षेत्र विस्तार गरि किसानको आय बढाउन सल्यानको बागचौर नगरपालिकाले उन्नत जातका भैंसी अनुदानमा वितरण गरेको छ।
वडा नम्बर ९ धामीढुंगा र हरिपुरका ४२ घरधुरीलाई ४२ वटा भैंसी वितरण गरिएको नगरप्रमुख लोकमान बुढाथोकीले बताउनुभयो।
पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिलप्रसाद उपाध्यायका अनुसार सल्यानलाई दुधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाको २५ लाख र पशु सेवा कार्यालयको २० लाखको लागतमा भैंसी, ५० वटा मिल्क केन, घाँस वितरण गरिएको बताइएको छ । उक्त बजेटबाट पानी आपूर्तिका लागि ५० घरधुरीलाई पानी ट्यांकी, भकारो सुधारको काम समेत सम्पन्न भएको उपाध्यायको भनाइ छ।