कोरोनाबाट थप एकको मृत्यु

काठमाडौँ – कोरोनाबाट थप एक संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङ जिल्ला घर भएका ७७ वर्षीय वृद्धको सोमबार विहान निधन कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासको समस्या भएपछि सोमबार विहान ९ बजे अस्पताल भर्ना गरिएको थियो। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ।