सुर्खेत – दुर्घटनाबाट मृतक पत्रकार खिमप्रसाद पोखरेलका आफन्तले आन्दोलन गरेपछि पिपिराचोक तनाग्रस्त भएको छ । वीरेन्द्रनगर सुर्खेत स्थित पिपिराचोकमा मृतक पत्रकार पोखरेलका परिवार तथा आफन्तहरुले दोषीलाई कारबाही र क्षेतिपुर्तिको माग गर्दै आन्दोलन गरेका हुन् ।
सडकमा टायर बाल्दै गरिएको आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ । आइतबार दिउसो सुर्खेत दैलेख सडक खण्डको कपासे नजिकै सडक दुर्घटनामा पोखरेलको ज्यान गएको थियो ।