काठमाडौं -सधैं स्थलगत रिपोर्टिङमा जाँदा कन्टेन्ट देख्ने बित्तिकै लोभिने यो मन र आँखामा सिन्धुपाल्चोक पुग्दा भावुकताले घेराबन्दी गर्यो । समाचारको लागि स्थलगत रिपोर्टिङ गर्न मेलम्ची पुग्दा आँखामा कैद भएको दृश्य भयावह थियो ।
बन्दाबन्दीमा प्रेस पास देखाएर समाचार संकलन गर्न दौडिने हामी पत्रकार प्रायः घटनाको प्रत्यक्षदर्शीका रुपमा उपस्थित हुन्छौं । समाचारको स्रोतलाई उद्धृत गर्दै प्रत्यक्षदर्शीका अनुसार भनेर लेख्छौँ । तर, आफैं प्रत्यक्षदर्शी बन्दा आफैंलाई ख्याल नहुँदो रहेछ ।
गत मंगलबार आएको बाढीले एकैछिनमा सिन्धुपाल्चोकको मेलम्ची बजार बगरमा परिणत भयो । जीवनमा यस्तो कहर बनेर आयो, एक मिनेटमै स्वर्गजस्तो ठाउँ उजाड बन्यो । सोही दिन काठमाडौंबाट स्थलगत रिपोर्टिङका लागि म पनि मेलम्ची पुगेँ ।
कम्मरमा हात राखेर बाढीको दृश्य नियाल्दै गरेका बाढीपीडित टंक खड्का भन्छन्, ‘अघिल्लो दिन लोभलाग्दो देखिने यो बजार आज माटो ढुङ्गामात्रै देखिन्छ । यति ठूलो पीडा र छटपटी त शत्रुले पनि बेहोर्नु नपरोस् । अब न पैसा छ, न त बर्खाको झरी छेक्ने छानो नै छ । राहतमा पाएको एकबोरा चामल र एक किलो दालले कहिलेसम्म टिक्ने रु’
मेलम्चीबासीको यतिबेला आँखामा निद्रा पर्न छाडेको छ । ठुलै पहाडले थिचिएको जस्तो बाढी पीडितको मन पीडाले थिचिएको छ । बाढीले घरखेत बगाएपछि रुँदारुँदा सुन्निएका आँखा हातले माड्दै पीडित भन्छन् ‘ज्यान बच्यो, यसमै चित्त बुझाउनुपरेको छ । बाँकी रहेको घर पनि खोलाले बगाउला कि भन्ने चिन्तासहित पीडितहरु तलतिरको बाढीको विध्वंस नियालिरहेका थिए ।
सिन्धुपाल्चोकको भ्रेमाथाङमा गएको पहिरोका कारण आएको भीषण बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा ठूलो क्षति पुर्यायो । कहिले भुकम्प त कहिले बाढी पहिरोको पीडा खेप्दै आएको सिन्धुपाल्चोकले यसपटक पनि ठूलै क्षति बेहोर्नुपर्यो ।
सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढी बजार क्षेत्रमा पसेपछि ठूलो संख्यामा घरहरू डुबानमा परे कति मानिस बेपत्ता भए भने कतिले ज्यान गुमाए अझैसम्म २१ जना बेपत्ता छन् । २ सय बढी घर परिवार विस्थापित छन् । करिब ५ सय घर बाढीको उच्च जोखिममा रहेका छन् । बाढीले अर्बौं क्षति पुर्याएको यो क्षेत्रमा नदीको तटीय क्षेत्रका बाढी पीडितहरुलाई भने राहत र पुनर्वासको व्यवस्था अझै हुन सकेको छैन ।
मेलम्चीको तल्लो पुल बजारमा यतिबेला बालुवा, ढुङ्गा र काठ मात्रै देखिन्छ । केही राहत सामग्री प्लास्टिकमा पोका पारेर बेरिएका थिए । सुरक्षाकर्मीको टोलीले स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्दै थिए । अरु समयमा भिडभाड देखिने यो क्षेत्र सुनसान थियो । मेलम्ची बजारको माथिल्लो छेउबाट हेर्दा बजार बगरमा परिणत भएको प्रष्ट देखिन्छ ।
नेतादेखि युट्युबरसम्म
घटनास्थलमा मन्त्री पुगे, सांसद पुगे, नेता पुगे । बाढी पीडितलाई राहत दिनेदेखि पुनर्वासको समेत आश्वासन दिएर फर्किए । पीडितका लागि एक गाँस खाना छ कि छैन भनेर कसैले सोधेनन् । अर्कोतिर उद्घार र राहत बाँड्ने नाममा रमिते र युट्युबरहरुको बाक्लो भिड देखियो ।
घरखेत गुमाएर सडकमा बास गर्नुपर्दाको पीडाले मलीन त्यो अनुहारमा युटुबेहरुको प्रश्न तपाईंको आँखामा देखिने आँसु हो रु कति सम्पत्ति गुम्यो रु अब कहाँ बस्नुहुन्छ रु जस्ता प्रश्नले दुखेको पीडितको मन कसले बुझ्ने रु पीडितको भिडियो खिचेर युट्युब हाल्न युट्युबर तँछाड–मछाड गरिरहेका छन् । पीडितको आँशु र संवेदनामाथि भिडियो बनाउन उनीहरु सक्रिय छन् ।
बाढी पीडितको मुहारमा क्यामेरा र बुम तेर्स्याउनुअघि रुन बाध्य बनेका मेलम्चीका बाढीपीडित नारायणप्रसाद दुलाल भक्कानिँदै रुन्छन् । बाढीले थिचिएको उनको मनमा हजारौं पीडा छन् । बस्नका लागि छानो र खानाका लागि मानो छैन । तर, क्यामेरा र बुम तेस्र्याएर युटुबरहरुले झन पीडा थपिदिएका छन् । घरखेत गुमाउन परेको पीडा दुलाललाई मात्रै होइन, सयौंलाई परेको छ ।
पत्रकारितामा समाजप्रतिको जिम्मेवारी र सकारात्मकता हुनुपर्छ । एउटा चाउचाउको पोका दिएर फोटो खिच्न आउँछन्, अनि रंगीचंगी बनाएर युट्युबमा अपलोड गर्छन् । यसो भनिरहँदा नेपालमा केही राम्रा युट्युब च्यानल पनि त छन् । भन्ने प्रश्न उठ्छ हो नेपालमा ज्ञानवर्धक र सकारात्मक सन्देश दिने च्यानलहरू छन । तर, केही युट्युब च्यानलहरू अतिरञ्जित गर्नतिर लागिरहेका छन् ।
दिनहुँ सिन्धुपाल्चोकको आकाशमा देखिने हेलिकोप्टरको दृश्य हेर्दा लाग्छ, यहाँ राहत राख्ने ठाउँ नै अपुग छ । मास्क र चाउचाउ हेलिकप्टरबाट ओसार–पसार भइरहेका छन् । लाग्छ, यो समाज सेवा हो कि सस्तो लोकप्रियता हो रु विपतको समयमा सबैले संवेदनशील भएर सोच्नुपर्ने होइन र ?पत्रकार अर्जुन बिष्ठ /राताेपाटी ।