सुर्खेत – मनसुनी वायुका कारण सुर्खेतसहित आसपासका पाँच जिल्लामा भारी वर्षा भइरहेको छ । सुर्खेत, कालिकोट, अछाम, दैलेख, सल्यान लगायतका जिल्लाहरुमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ ।
सुर्खेतको रातानाङ्गालामा रहेको मौसमी राडार अवलोकनले वर्षा भइरहेको कार्यालयका प्रमुख विनोद पराजुलीले जानकारी दिए । उनकाअनुसार यो मनसुन भोलीसम्म सक्रिय रहने पूर्वानूमान गरिएको छ ।
पश्चिम नेपालका कर्णाली र सुदूरपश्चिम प्रदेश क्षेत्रका बबई, कर्णाली र महाकाली नदी जलाधारमा मनसुन सक्रिय रहेको पराजुलीको भनाई छ । ‘भोलीसम्म धेरै स्थानहरुमा हल्का वा मध्यम वर्षा, थोरै स्थानहरुमा भारी वर्षाले खोला र नदीहरुमा आकस्मिक बहाब बढ्ने सम्भावना देखिएको छ,’ पराजुलीले भने, ‘तटीय क्षेत्रमा डुवान हुन सक्ने, बाढी पस्न सक्ने र पहिरो जान सक्ने क्षेत्रहरुमा सतर्कता साथ बस्न आवश्यक छ । साथै आवतजावत गर्दा ध्यान पु¥यान सबैमा अनुरोध गर्दछु ।’
जोखिम मध्यम भएपनि उच्च ठुलो विपद हुने गरी पश्चिमको पुरै क्षेत्रमा एकैसाथ ठुलो वर्षा हुने संभावना भने नरहेको कर्यालयले जनाएको छ ।