सल्यान – सल्यानको शारदा नगरपालिका वडा नम्बर ६ स्थित शारदा नदीबीचमा ११ जना अलपत्र परेको छन् ।
खेतमा धान रोप्न पुगेका उनीहरु शारदा खोलामा दुई भंगालोको बीचमा रहेका उनीहरु शारदा नदीमा पानीको सहत बढ्दै गएपछि त्यही अलपत्र परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
अलपत्र परेकाहरु १२ जना मध्ये एक जनाको डोरीको माध्यमबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।
बाँकी तीन जना महिला र आठ जना पुरुष गरेर ११ जना नदीको बीच भागमा अलपत्र परेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंले बताउनुभयो ।
अलपत्र परेका ती नागरिकको उद्धारको लागि हेलिकप्टर माग गरिए पनि वर्षाका कारण आउन नसकेको होमागाईंले बताउनुभयो । शारदा नदीमा पानीको सतह बढ्दै गएकाले उद्धारको लागि प्रयास भैरहेको छ । अलपत्र परेका नागरिकको उद्धारको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।