२४ घण्टामा सुर्खेतमा ४१ मिलिमिटर वर्षा,सबैभन्दा कम जुम्लामा ५ मिलिमिटर वर्षा

सुर्खेत – मनसुनी वायु सक्रिय भएसँगै देशभर ठूलो वर्षा भइरहेको छ । यस्तै सुर्खेतमा २४ घण्टामा ४१ मिलिमिटर वर्षा भएको मापन गरिएको छ । सुर्खेतको एयरपोटमा रहेको मौसम मापन केन्द्रले पछिल्लो १२ घण्टामा ३६, ६ घण्टामा ३२ र तीन घण्टामा २०.४ मिलिमिटर वर्षा भएको छ ।

यस्तै, हुम्ला एयरपोर्टमा ३१, रामपुर कालिमाटी सल्यानमा १४, रिम्ना जाजरकोटमा ४.२, मान्म कालिकोटमा १४, ताल्चा मुगुमा ११  ,दैलेखमा २५, जाजरकोटमा १७, जगतिपुर जाजरकोटमा १७, शेरागाउँ रुकुममा १८, चौरजहारीमा २२, मुसिकोटमा १९ र सल्यान सदरमुकाममा ३४ मिलिमिट र  जुम्लामा सबैभन्दा कम ५ मिलिमिटर वर्षा भएको  मापन गरिएकाे छ ।

मौसम पूर्वानुमान महाशाखाले मनुसन देशभर फैलिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । देशका अधिकांश स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरको छ ।