काठमाडौं – सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रवती नदीमा आएको बाढीबाट प्रभावितको तत्काल उद्धार गरी राहतमा जुट्न सभामुख अग्निप्रसाद सापकोटाले अपिल गर्नुभएको छ ।
सापकोटाले मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीका कारण तटीय क्षेत्रमा भएको अपूरणीय मानवीय र भौतिक क्षतिको खबरले स्तब्ध भएको बताउँदै विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्नुभएको हो।
सिन्धुपाल्चोकमा मंगलबारदेखि आएको बाढीले तटीय क्षेत्रका ५० जनाभन्दा धेरै मानिस बेपत्ता भएको बताइएको छ।
सभामुख सापकोटा सिन्धुपाल्चोककाट जननिर्वाचित प्रतिनिधि हुनुहुन्छ ।