गण्डकी प्रदेशको बजेट ३० अर्ब ३ करोड

गोरखा – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै पाँच अर्ब कम रुपैयाँको बजेट ल्याएको छ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८र७९ का लागि ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको हो।

मंगलबार प्रदेशसभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललेप्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *