बाबुरामले गरे मनाङ्गेको बचाउ, वाल्मिकी बन्नसक्ने विश्वास

काठमाडौं – जनता समाजवादी पार्टी ९जसपा० का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले राजीव गुरुङ (मनाङ्गे) वाल्मिकी बन्न सक्ने बताए ।

रत्नाकार वाल्मिकी बनेको प्रसंगलाई अघि सार्दै डा. भट्टराईले राजीव गुरुङलाई कुनै पूर्वाग्रह विना नयाँ जीवन र नयाँ भुमिका दिनुपर्ने बताएका हुन् ।

गुरुङले आफ्नो फेसबुक पेजमा भट्टराइ र आफ्नो फोटो राख्दै डाक्टर बाबुराम भट्टराई दाइ सँग भेटघाटको साथर्कता भनेर लेखेका थिए।

यसैलाई जोडेर विभिन्न सञ्चारमाध्यममा भट्टराई र गुरुङबीचको सम्बन्धबारे समाचारहरु आएपछि भट्टराइको यस्तो भनाइ आएको हो ।

भट्टराइले कोही मानिस जन्मजात अपराधी नहुने भन्दै मान्छे र समाजले उसलाई अपराधी बनाउने बताए ।

मेरो सुविचारित र अनुभवजन्य मान्यता छ : कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाज र राज्यले मान्छेलाई अपराधी बनाउॅछ। साथै वर्गीय र जातियर, लैंगिक विभेद भएको समाजमा राज्य र समाजको वर्चस्वशाली तप्काले उत्पीडितरबहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ। अत : अपराधरअपराधी एक सापेक्ष अबधारणा हो, उनले फेसबुकमा लेखेका छन् ।

२०५९।६० सालतिर दोस्रो वार्ताकालको समयमा देशका धेरै जेलहरुको भ्रमण पश्चात जेलमा बस्नुपर्ने मानिस सत्ताको कुर्सीमा बसेको र कुर्सीमा बस्नुपर्नेहरु जेलमा बसेको पाएको भट्टराईको भनाइ छ ।

आफू प्रधानमन्त्री हुँदा जेल सुधारका निम्ति तत्कालीन सांसद देवी खट्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको भएतापनि जसको प्रतिवेदन अझै कार्यान्वयन हुन नसकेको उनले बताए।