जुम्ला – जुम्लाको सिंजा गाउपालिकाकाे सेरा बजारमा रहेको १३ कोठे घरमा आगलागी भएको छ ।
हिजो राती करिव १० बजे बिजुलीको तार सर्ट भएर घरमा आगलागि भएको घरधनी मनप्रसाद धितालले बताउनुभएको छ ।
१० बजे लागेको आगो १२ बजे पछि आधा घर नस्ट भएको अवस्थामा जानकारी पाएको घरधनी धितालले बताउनुभएको छ ।
आगलागि हुँदा अन्न, धनमाल, रुपैयाँ र पैसा समेत जलेर नस्ट भएको र ८५ लाखको क्षेती भएकाे घरधनी धितालले बताउनुभएको छ ।
। राती १० बजे लागेको आगो बिहान ३ बजे तिर नियन्त्रणमा लिएको देविशर्म धितालले बताउनु भयो ।
आगलागी भएको घरमा ३ परिवार भडाम बस्दै आएका थिए ।
आगो नियन्त्रणमा लिन आएका ६ जना गाउलेहरु घाइते भएका छन् घाइतेहरुलाइ स्वास्थ्य चौकी नराकोटमा उपचार गरिएको छ ।
आगलागीपछि नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य पुर्ण प्रसाद धिताले सामाजिक संजाल मार्फत सरकार लगाएत संघसंस्थालाई सहयोग गर्न आह्वान गर्नु भएको छ ।
उहाँले भन्नुभएको छ ‘समयमै गाँउलेहरु र नराकोट प्रहरी चौकिबाट प्रहरीहरु पुगेर रातभरि कडा मिहनतका साथ आगो निभाउदा मानवीय क्षति हुन पाएन छ। उद्वारकार्यमा जुट्ने जनसमुदाय र प्रहरी प्रति हार्दिक आभार ब्यक्त गर्दछु । अग्नि पिडितहरु प्रति हार्दिक सहानुभूति प्रकट गर्दै राहत तथा पुनःस्थापनाकालागि सरकार, सँघ सँस्था र उच्च मानवीय भावना भयका महानुभावलाई विनम्र आग्रह गर्दछु ।”