काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएका नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम बैधलाई नेकपा एमाले बागमती प्रदेशका एमाले अध्यक्ष आनन्द पोखरेलले एक विज्ञप्तिमार्फत् पक्राउ गरी मुद्दा चलाउन माग गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ ’एक शक्तिशाली आयोग बनाई तथ्य सत्या पत्ता लगाई सार्वजनिक गर्न नेपाल सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दछु ।
विज्ञप्तिमा भनिएको छ ,हत्या जस्तो गम्भीर अपराधको वकालत गर्ने सबैलाई कानुनको दायरामा ल्याउन अनुरोध पनि गर्दछु,’ । शुक्रबार बैधले प्रदेश सभाको बैठकको रोष्टममा ऊभिएर माहात्मा गान्धीलाई नथुराम गोड्सले मारेझैं केपी शर्मा ओलीलाई मार्नुपर्छ र मार्छु भन्दै दिएको अभिव्यक्ति निकै विवादित बनेको थियो ।